दफा २०
परिषद्को कोष
(१) परिषद्को आफ्नो एउटा छुटृै कोष हुनेछ र सो कोषमा देहायका रकमहरु रहनेछन्ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम,
(ख) खेलकूद सम्बन्धी प्रशिक्षण प्रदान गरे बापत लिने शुल्क,
(ग) खेलकूद प्रदर्शन गरी आर्जन भएको रकम,
(घ) कुनै व्यक्ति वा संस्थाले चन्दा वा सहायता स्वरुप प्रदान गरेको रकम,
(ङ) अन्तर्राष्ट्रिय संघ संस्था, विदेशी सरकार वा एजेन्सीबाट प्राप्त रकम,
(च) अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(२) उपदफा (१) को खण्ड (ङ) अन्तर्गत रकम प्राप्त गर्न परिषद्ले नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(३) परिषद्को नामबाट गरिने सबै खर्च कोषबाट व्यहोरिनेछ ।
(४) परिषद्को कोषमा रहने रकम नेपाल राष्ट्र बैंक वा अन्य कुनै बैंकमा खाता खोली जम्मा गरिनेछ ।
(५) परिषद्को खाता संचालन तोकिए बमोजिम हुनेछ ।